इटालीमा आँधीका कारण आएृको बाढीमा परी सात जनाको मृत्यु, तीन जना बेपत्ता

एजेन्सी: मध्य इटालीमा आएको भीषण आँधीको कारण सात जनाको मृत्यु भएको छ। आँधीका कारण सडक र घरहरुमा पसेको बाढीमा परी उनीहरूको मृत्यु भएको नागरिक सुरक्षा निकायका प्रवक्ताले बताएको एएफपीले लेखेको छ।
स्थानीय अधिकारीहरूका अनुसार सातौं शव भर्खरै फेला परेको छ। यस आँधीमा परी कति व्यक्ति घाइते वा वेपत्ता भए भन्ने विवरण हाल यकिन छैन।
मृतकमध्ये चार जना ओस्ट्रा भन्ने स्थानमा फेला परेका हुन्। यस्तै एक जनाको शव ट्रेकास्टेलीमा र एक जनाको शव बारबरामा फेला परेको हो।
यस्तै तीन जना बेपत्ता छन्। बेपत्ता हुनेमा एक ६ वर्षीय बालक पनि छन्। उनी आफ्नो आमासँग कारमा यात्रा गर्दै थिए। आमालाई उद्धार गरिए पनि उनलाई भने बाढीले बगाएको हो।
भदौ ३१, २०७९ शुक्रबार १३:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।