नेपाली सेनाले माग्यो २२९ जना अधिकृत क्याडेट, असोज २९ सम्म दरखास्त दिन सकिने

काठमाडौं: नेपाली सेनाले अधिकृत क्याडेट पदको लागि दरखास्त आह्वान गरेको छ। आज एक सूचनामार्फत् सेनाले २२९ जना अधिकृत क्याडेटको लागि दरखास्त माग गरेको हो।
दरखास्त बुझाउने मिति असोज २९ गतेसम्म छ। यस्तै दोब्बर दस्तुर बुझाएर कात्तिक ५ गतेसम्म दरखास्त दिन सकिनेछ।
सेनाको भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जङ्गी अड्डाका अनुसार काठमाडौंको केन्द्रीय भर्ना केन्द्रसहित देशभरका आठ पृतनाबाट दरखास्त बुझाउन सकिनेछ।
यी हुन् दरखास्त बुझाउन सकिने स्थान
दरखास्त दस्तुर एक हजार रुपैयाँ रहेको छ। एकभन्दा बढी समूहका लागि २० प्रतिशत थप शुल्क लाग्नेछ।
यस्तै शैक्षिक योग्यता कम्तीमा प्रमाणपत्र तह (+२) रहेको छ।
भदौ ३१, २०७९ शुक्रबार १२:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।