युरोपमा घरेलु कामदार बनेर जानेले अनिवार्य तालिम लिनुपर्ने

काठमाडौं: सरकारले घरेलु कामदारका रूपमा युरोपेली मुलुक जाने नेपाली श्रमिकले अनिवार्य तालिम लिनुपर्ने व्यवस्था गरेको छ। केही म्यानपावर कम्पनीहरूले घरेलु कामदारका रूपमा साइप्रस, रोमानियालगायत मुलुकमा पठाउँदा अभिमुखीकरण तालिम नदिई पठाउने गरेको पाइएपछि वैदेशिक रोजगार विभागले अनिवार्य तालिम गर्नुपर्ने व्यवस्था गरेको हो।
वैदेशिक रोजगारमा घरेलु कामदार पठाउने सम्बन्धी निर्देशिका, २०७२ मा घरेलु कामदारका रूपमा वैदेशिक रोजगारीमा जानुपूर्व कम्तीमा ३० कार्यदिनको तालिम लिनुपर्ने व्यवस्था छ।
विभागले घरेलु कामदार अभिमुखीकरण तालिमसम्बन्धी कार्यविधि, २०७० अनुसार अनिवार्यरूपमा तालिम प्रदान गरेर मात्र श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने व्यवस्था गर्न सूचीकृत म्यानपावर कम्पनीलाई निर्देशन पनि दिएको छ।
भदौ ३१, २०७९ शुक्रबार ११:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।