आयोजना प्रभावितका लागि पिपुल्स हाइड्रोको आईपीओ आजबाट

काठमाडौं: पिपुल्स हाइड्रोपावर लिमिटेडले आजबाट आयोजना प्रभावित स्थानीयहरूका लागि आईपीओ जारी गर्दैछ। कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ३२ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो।
आयोजनाबाट अत्यधिक प्रभावित क्षेत्र दोर्दी गाँउपालिकाका वडा नं. ६ र ७ का स्थानीयका लागि ३२ लाखमध्ये ३० प्रतिशत अर्थात् नौ लाख ६० हजार कित्ता र लमजुङ्ग जिल्लाका स्थानीयका लागि ७० प्रतिशत अर्थात् २२ लाख ४० हजार कित्ता शेयर छुट्याइएको छ।
आवेदकले १० देखि एक लाख कित्तासम्म शेयरका लागि आवेदन दिन सक्नेछन्। आवेदन दिने म्याद असोज १४ गतेसम्म रहेको छ।
केयर रेटिङ नेपाले कम्पनीलाई 'केयर एनपी डबल बी इस्यूअर' रेटिङ प्रदान गरेको छ। यो भनेको कम्पनीको दायित्व बहन गर्ने क्षमता औसत जोखिम रहनु हो।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।
भदौ ३१, २०७९ शुक्रबार ११:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।