महिला साफ: पहिलो सेमिफाइनल खेल्दै भुटान, भारतको सामना गर्दै नेपाल

काठमाडौं: महिला साफ च्याम्पियनशिप फुटबलमा आज सेमिफाइनलअन्तर्गतका दुई खेल हुँदैछन्। पहिलो सेमिफाइनल भुटान र बङ्गलादेशबीच हुनेछ भने दोस्रोमा नेपाल र भारत भिड्नेछन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भुटान र बङ्गलादेशबीचको खेल दिउँसो १ बजेबाट सुरु हुनेछ। नेपाल र भारतबीचको खेल साँझ ५:३० बाट सुरु हुनेछ।
भुटान पहिलो पटक महिला साफको सेमिफाइनल खेल्न गइरहेको छ। आजको ऐतिहासिक दिनमा बङ्गलादेशलाई हराउँदै भुटान फाइनल पुग्न चाहन्छ। तर यो सहज भने छैन। बङ्गलादेश समूह 'ए' को विजेता टोली हो।
यस्तै नेपाल पनि उत्कृष्ट लयमा रहेको छ। समूह चरणका सबै खेलमा नेपालले जित हात पारेको थियो। यता भारत भने समूह चरणको अन्तिम खेलमा बङ्गलादेशसँग ३-० ले पराजित भएको थियो।
भदौ ३१, २०७९ शुक्रबार ०७:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।