गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा धेरै भीषण वर्षा हुने पूर्वानुमान

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा धेरै भीषण वर्षा हुने जनाएको छ।हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू-भागमा सरदर स्थानमा र पूर्वी भू-भागमा सरदर स्थानभन्दा उत्तरमा अवस्थित रहेको छ।
यस्तै भारतको उत्तर प्रदेशको आसपासमा न्यून चापीय क्षेत्र पनि अवस्थित रहेको छ।
यतिबेला गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भीषणदेखि धेरै भीषण तथा बाँकी प्रदेशका एक- दुई स्थानमा भीषण वर्षाको पनि सम्भावना रहेको छ।
आज राति लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केहि स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भीषणदेखि धेरै भीषण तथा बाँकी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा भीषण वर्षाको पनि सम्भावना रहेको छ।
भदौ ३१, २०७९ शुक्रबार ०७:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।