नेपाल टेलिकमले शुक्रबारदेखि ई–सिम वितरण गर्ने

काठमाडौंः नेपाल टेलिकमले शुक्रबारदेखि इन्टरनेटमा आधारित ई–सिम वितरण गर्ने भएको छ।
ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकहरूले ई–सिम प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ।
हाल फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरूका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क ई–सिममा परिवर्तन गर्न टेलिकम सहप्रवक्ता सोभन अधिकारीले जानकारी दिए।
त्यसैगरी नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमा ई–सिम उपलब्ध गराइने छ भने नयाँ प्रिपेड सिमकार्ड लिन चाहने ग्राहकलाई तत्काल उपलब्ध गराइने छैन।
ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका नेपाल टेलिकमका पहिले देखिका ग्राहकले सो सिम लिनका लागि आवश्यक फारम भरेर बुझाउनु पर्ने अधिकारीले बताए।
भदौ ३०, २०७९ बिहीबार १९:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।