युके पठाइदिन्छु भन्दै साढे १३ लाख ठगी, बालकृष्ण कार्की पक्राउ

युके पठाइदिन्छु भन्दै साढे १३ लाख ठगी, बालकृष्ण कार्की पक्राउ

काठमाडौंः युके पठाइदिन्छु भन्दै साढे १३ लाख रकम ठगी गरेको अभियोगमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।

सोलुखुम्बु दुधकोशी गाउँपालिका–२ घर भई काठमाडौं कागेश्वर मनोहरा नगरपालिका काडाघारी बस्ने ४३ वर्षीय बालकृष्ण कार्कीलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।

कार्कीले केही व्यक्तिहरूलाई वर्किङ भिषामा युके लगाएतका देशहरूमा रोजगारीको लागि पठाइदिन्छु भन्दै पीडितहरूबाट नगद १३ लाख ४६ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनले जनाएको छ।

कार्कीलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ।

भदौ ३०, २०७९ बिहीबार १९:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।