‘आइएमई पे’को दशैं तिहार अफर, ५५ इन्चको टिभीदेखि इ–स्कुटरसम्म पुरस्कार

काठमाडौंः भुक्तानी सेवा प्रदायक आइएमई पेले दशैं तिहार अफर सार्वजनिक गरेको छ।
असोज १ गतेदेखि कात्तिक १५ गतेसम्म हुने अफरमा अनलाइन शपिङ साइट दराजबाट सामग्री किन्दा कुनै पनि भुक्तानीमा दैनिक विभिन्न पुरस्कार पाइने छ।
पुरस्कारहरूमा सामसुङको स्मार्टफोन, गोल्डस्टारको जुत्ता तथा डिशहोमको २०० एमबिपिएसको १ वर्षे फाइबरनेटका अतिरिक्त आइटिभीको प्याकेज, दराजको हजारौं भाउचर कोडदेखि लिएर एक जनाले चन्द्रागिरि केबलकारको लाइफटाइम एक्सेस र दुईजनाले बम्परमा राफ्ट मोटर्सको वारिअर इ–स्कुटर रहेको कम्पनीले जनाएको छ।
अफर अवधिभर आइएमई पेबाट क्यूआर भुक्तानी गर्ने ५ जना भाग्यशाली विजेताले सामसुङ स्मार्टवाच ४ (प्रति), मोबाईल रिचार्ज गर्ने १ जना भाग्यशाली विजेताले एप्पल म्याक्बुक एयर १३.६ एमटु, हवाइ टिकट काट्ने २ जना भाग्यशाली विजेताले १ तोला २४ क्यारेट सुन (प्रति), आइएमई पेमा बैंकको खाता लिङ्क गर्ने २ जना भाग्यशाली विजेताले सामसुङ ग्यालेक्सी ट्याब एस सेवेन+ र आइएमई पेको भिसा कार्डबाट भुक्तानी गर्ने २ जना भाग्यशाली विजेताले सामसुङको ५५ इन्चको स्मार्ट टिभी पाउनेछ।
दैनिक उपहारको विजेताहरूको घोषणा हरेक हप्तामा एक पटक सामाजिक संजाल मार्फत हुनेछ भने अरु सबै उपहारहरूको विजेताको घोषणा अफर अवधि पश्चात सामाजिक संजालमा तथा कम्पनीको लागि सम्भावित कुनै पनि माध्यम मार्फत हुनेछ। सम्पूर्ण विजेताले अफर अवधिको अन्त्यमा मात्रै उपहार प्राप्त गर्नेछन्।
आइएमई पे मोबाईल वालेटमार्फत विभिन्न कार्य तथा सेवाहरूको लागि सहजै अनलाइन भुक्तानी गर्न सकिन्छ।
भदौ ३०, २०७९ बिहीबार १८:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।