साउन महिनामा मात्र २० प्रतिशतले बढ्यो रेमिटेन्स, श्रम स्वीकृति लिने २२२ प्रतिशतले बढे

साउन महिनामा मात्र २० प्रतिशतले बढ्यो रेमिटेन्स, श्रम स्वीकृति लिने २२२ प्रतिशतले बढे

काठमाडौंः आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा ९२ अर्ब २१ करोड विप्रेषण (रेमिटेन्स) आप्रवाह भएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को पहिलो महिनाको तथ्याङ्कले साउनमा विप्रेषण आप्रवाहमा २०.३ प्रतिशतले वृद्धि भई ९२ अर्ब २१ करोड रूपैयाँ पुगेको देखाएको हो।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.४ प्रतिशतले घटेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.५ प्रतिशतले वृद्धि भई ७२ करोड ४० लाख पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १६.८ प्रतिशतले घटेको थियो।

यस्तै, साउनमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या २२२.८ प्रतिशतले वृद्धि भई ४४,५४० पुगेको छ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या पनि ७५.४ प्रतिशतले वृद्धि भई २०,३९० पुगेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २८६.१ प्रतिशतले बढेको थियो।

भदौ ३०, २०७९ बिहीबार १८:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।