दराजबाट सामान किन्दा सानिमा बैंकका ग्राहकले २० प्रतिशत छुट पाउने

काठमाडौंः दशैंंको अवसरमा सानिमा बैंकले दराजको ‘दशैं धमाका’ योजनामा विशेष छुट दिने भएको छ।
असोज ११ गतेसम्म लागू हुने योजनामा सानिमा बैंकको डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् २ हजारसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् २ हजार ४ सय रूपैयाँसम्मको छुट पाउने बैंकले जनाएको छ।
छुटका लागि ग्राहकले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ। यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताले शून्य ब्याजदरमा मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्ने बैंकका नायब प्रमुख निक्षेप अधिकृत हेमराज सन्जेलले जानकारी दिए।
साथै, सानिमा बैंकले क्रेडिट कार्ड प्रयोगकर्तालाई मासिक किस्ताबन्दी सुविधा लिँदा पाँच सय रूपैयाँको क्यासब्याक सुविधा पनि प्रदान गर्ने उनले बताए। क्यासब्याक योजना असोज १ गतेदेखि कात्तिक ३० गतेसम्म लागू हुनेछ।
भदौ ३०, २०७९ बिहीबार १७:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।