थप १२६ जनामा कोरोना संक्रमण

काठमाडौंः देशभर थप १२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
३ हजार ७९० जनाको नमूना परीक्षण गरिएकोमा १२६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३७ जना निको भएका छन्।
यस अवधिमा संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन भने कोरोनाविरुद्धको खोप लगाउनेको संख्यासमेत मन्त्रालयलाई प्राप्त भएको छैन।
देशभ २ हजार १२९ जना कोरोनाका सक्रिय संक्रमित छन्।
भदौ ३०, २०७९ बिहीबार १७:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।