लेभ्निङको इलेक्ट्रिक स्कुटरमा दशैं अफर, पाँच लाखसम्म छुट

लेभ्निङको इलेक्ट्रिक स्कुटरमा दशैं अफर, पाँच लाखसम्म छुट

काठमाडौंः बज्र ग्रुपअन्तर्गतको ईभी नेपाल मोटर्स प्रालिले लेभ्निङ ब्रान्डको इलेक्ट्रिक स्कुटरमा दशैं अफर ल्याएको छ।

अफर अन्तर्गत स्कुटर खरिदमा घरै बसेर एसएमएसमार्फत १ लाख रूपैयाँसम्मको छुट पाउन सकिने छ भने शोरुम गएर शोरुमले दिएको कोडमा एसएमएस गरेर  पुनः छुट पाउन सकिने कम्पनीले जनाएको छ।

दुई पटकसम्म एसएमएस गरेर छुट पाउन सकिनेछ। जसमा ७  हजारदेखि ५ लाखसम्म छुट पाउन सकिने कम्पनीले जनाएको छ।

पेट्रोल बाइक संग सजिलै एक्सचेन्ज गर्न सकिने स्कुटर नबिल बैंकमार्फत फाइनान्सको सुविधामा समेत किन्न सकिन्छ।

इलेक्ट्रिक स्कुटर चढ्दा पेट्रोल हाल्न नपर्ने, शर्भिस र पार्ट्समा खर्च नहुने, वातावरण स्वच्छ हुने भएकाले कम्पनीले खरिदका लागि आग्रह गरेको छ।

विभिन्न मोडल र रेन्जमा पाइने स्कुटरको मूल्य १ लाख १० हजारदेखि ५ लाख ५९ हजार रुपैयाँसम्म रहेको छ।

भदौ ३०, २०७९ बिहीबार १७:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।