तेरापन्थ युवक परिषद्ले २० सहरमा एकै दिन मेगा रक्तदान कार्यक्रम गर्दै

काठमाडौँ : तेरापन्थ युवक परिषद्ले मेगा ब्लड डोनेसन ड्राइभको आयोजना गर्ने भएको छ। परिषद्ले काठमाडौँ, भक्तपुर र ललितपुरमा एकै दिन सात वटा क्यापसहित २० वटा सहरमा सञ्चालन गरेर दाताहरूबाट रगत सङ्कलन गर्न लागेको हो।
कार्यक्रम असोज १ गते हुने परिषद्ले जानकारी दिएको छ। कोरोनासँगै डेंगुको महामारी फैलिएपछि उपचारमा रगत अभाव हुन नदिन परिषद्ले एकै दिन एक हजार पाँच सय युनिट ब्लड सङ्कलन गर्ने लक्ष्य राखेको हो।
१८ वर्ष उमेर पुगेका र ६५ वर्ष ननाघेका व्यक्तिले रगत दान गर्न सक्छन्। पुरुषको हकमा प्रत्येक तीन महिना र महिलाको हकमा प्रत्येक ४ महिनामा रगत दान गर्न सक्छन्। परिषद्लाई ब्लड डोनर सोसाइटी नेपाल, नेपाल रेडक्रस सोसाइटी, पशुपति सेवा सङ्घ, मारवाडी युवा मञ्च, लायन्स क्लब लगायतकाले सहयोग गरेका छन्।
भदौ ३०, २०७९ बिहीबार १६:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।