शेयर बजारमा भारी गिरावट, कारोबार भने २ अर्ब माथि

काठमाडौंः कारोबार हुने साताको पाँचौं दिन शेयर बजारमा भारी गिरावट आएको छ।
बिहीबार नेप्से परिसूचक ५७ अंकले ओरालो लागेर १९२४.४८ विन्दुमा आउँदा सेन्सेटिभ परिसूचक ११.२३ अंकले घटेर ३७४.१३ विन्दुमा आइपुगेको छ।
बजार घट्दा पनि कारोबार रकम भने बढेको छ। यसदिन २३२ कम्पनीको ६९ लाख ४० हजार ५९६ कित्ता शेयर २ अर्ब १२ करोड ५६ लाख रूपैयाँमा कारोबार भएको छ।
उपसूचक समूहतर्फ सबै समूह राताम्मे छन्। सबैभन्दा बढी फाइनान्स समूह ५.२४ प्रतिशतले घट्दा सबैभदा कम बैंकिङ्ग समूह १.८२ प्रतिशतले ओरोला लागेको छ।
लक्ष्मी बैंकको सबैभन्दा बढी २१ करोड ५० लाखको कारोबार भयो।
भदौ ३०, २०७९ बिहीबार १६:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।