बंगलादेशसँगको मैत्रीपूर्ण फुटबल ‘फिफा डे’ मा हुने, तोकियो टिकट मूल्य

बंगलादेशसँगको मैत्रीपूर्ण फुटबल ‘फिफा डे’ मा हुने, तोकियो टिकट मूल्य

काठमाडौंः बंगलादेशसँगको मैत्रीपूर्ण फुटबल ‘फिफा डे’ मा हुने भएको छ।

असोज ११ गते हुने फुटबल अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च संस्था फिफाले मान्यता दिएको अखिल नेपाल फुटबल संघ(एन्फा)ले जनाएको छ। खेल साँझ साढे ५ बजे दशरथ रंगशालामा हुनेछ।

मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईंले दुई महिनादेखि खेलाडीहरूलाई प्रशिक्षण दिइरहेका छन्।

खेलका लागि बंगलादेशको राष्ट्रिय टोली असोज ७ गते नेपाल आउने कार्यक्रम रहेको एन्फाका प्रवक्ता सुरेश शाहले बताए।

खेल आयोजनाका लागि संघका उपाध्यक्ष विराज जंग शाहीलाई  संयोजकको जिम्मा दिइएको छ भने यसको अनुमानित बजेट ४८ लाख ६५ हजार रहेको छ।

खेलका लागि साधारण प्याराफिटतर्फ ५ सय र भीआईपीतर्फ १ हजार रूपैयाँ टिकट मूल्य तोकिको छ।

मैत्रीपूर्ण फुटबलको मार्केटिङ्ग, ब्रोडकास्टिङ्ग र डिजिटल अधिकारको बिक्रीका सम्बन्धनमा विभिन्न कम्पनीसँग छलफल भइरहेको एन्फाले जनाएको छ।

भदौ ३०, २०७९ बिहीबार १६:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।