ललितपुरमा दिउँसै ढोकाका ताल्चा फुटाएर २० लाखको धनमाल चोरी

ललितपुरः जिल्लाको ललितपुर महानगरपालिका–१५ बोधिग्राम भैंसीबजारमा ढोकाको ताल्चा फोडेर २० लाख बराबरको धनमाल चोरी भएको छ।
बुधबार दिउँसो भैंसीबजारमा डेरा गरी बस्ने सिन्धुली दुधौली नगरपालिका–७ घर भएका ४१ वर्षीय मनोहरी बरालको कोठाबाट नगद २० हजार रूपैयाँ र २० तोला बराबरको सुनका विभिन्न गरगहना समेत गरी करिब २० लाख रूपैयाँको धनमाल चोरी भएको प्रहरीले जनाएको छ।
ढोकाको ताल्चा फोडेर उक्त धनमाल चोरी गरेको प्रहरी वृत्त सातदोबाटोले जनाएको छ।
प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।
भदौ ३०, २०७९ बिहीबार १४:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।