दराजले ल्यायो 'दशैं धमाका' अभियान, इलेक्ट्रिक स्कुटर जित्ने मौका

काठमाडौं: ई कमर्श वेभसाइट दराजले दशैंलक्षित 'दशैं धमाका' अभियान घोषणा गरेको छ। भदौ २९ गतेबाट सुरु भएको यस अभियानअन्तर्गत ग्राहकहरूले ७०% सम्मको मेगा डिल, नि:शुल्क शिपिंग, दुई हजार ५०० रुपैयाँसम्मको प्रिपेमेन्ट छुट, १० हजारसम्मको मेगा भाउचर, खेल एक रुपैयाँको र बम्पर उपहारको रूपमा एनआईयू एनक्युआई इलेक्ट्रिक स्कुटर जित्ने मौका रहेको छ।
ग्राहकहरूले डेबिट कार्डमार्फत १५% (अधिकतम रु. दुई हजार) र क्रेडिट कार्ड मार्फत २०% (अधिकतम रु. दुई हजार ५००) सम्मको छुट पाउन सक्नेछन्। विशेष गरी नबिल बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक, एनएमबी बैंक, एभरेष्ट बैंक, नेपाल एसबीआई बैंक, नेपाल बैंक, एनसीसी बैंक, सांग्रिला विकास बैंक र ज्योति विकास बैंकका ग्राहकहरूले माथि उल्लिखित छुटहरू प्राप्त गर्न सक्नेछन्।
साथै, एनआईसी एशिया बैंक, सानिमा बैंक, सनराइज बैंक, सिटिजन्स बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंकका ग्राहकहरूले क्रेडिट कार्डमार्फत ०% ब्याजको सहज मासिक किस्ता योजना (ईएमआई) पनि प्राप्त गर्न सक्नेछन्।
यससँगै अभियानको पहिलो दिनमा आइएमई पे वा ई सेवा वालेटमार्फत भुक्तानी गर्ने ग्राहकले सीमित घण्टाको लागि १५% (अधिकतम रु. एक हजार) सम्मको अतिरिक्त छुट पनि पाउनेछन्।
विगतमा जस्तै, दशैं धमाकाले लोकप्रिय खेल 'एक रुपैयाँको गेम' पनि फिचर गर्दै छ। जसमार्फत ग्राहकहरूले निम्नमध्ये कुनै पनि पुरस्कारहरू मात्र एक रुपैयाँमा जित्नका लागि सहभागी हुन सक्छन्: अमेज़ फिट जीटीएस मिनी, साउण्डकोर लाइफ नोट, एक जोडीको लागि यति एयरलाइन्सको वान वे टिकट र मोटो जी २२।
यस्तै प्रमुख राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्राण्डहरूमा ७०% सम्मको छुट पनि पाउन सकिनेछ।
अभियानका थप हाइलाइटस्हरूमा शेक शेक भाउचर, ११ को बजार, आजाको दराज मल ब्राण्ड, कुपन नै कुपन, जो छिटो उसले जित्यो, सेलको झट्का र स्टोरवाइड अफर समावेश छन्।
भदौ ३०, २०७९ बिहीबार १३:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।