सुनको मूल्य आज तोलामा तीन सयले घट्यो

काठमाडौं: नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। आज सुन तोलामा तीन सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ९२ हजार ५०० कायम भएको छ। यस्तै तेजाबी सुन तोलामा ९२ हजार रुपैयाँ कायम भएको छ।
महासंघका अनुसार आज चाँदीको मूल्य भने बढेको छ। आज चाँदी तोलामा पाँच रुपैयाँले बढेर एक हजार १८० रुपैयाँ कायम भएको छ।
भदौ ३०, २०७९ बिहीबार १२:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।