आज दिउँसो बस्ने भनिएको संसद् बैठक भोलिलाई सर्‍यो

आज दिउँसो बस्ने भनिएको संसद् बैठक भोलिलाई सर्‍यो

काठमाडौं: आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। आज संसद् बैठक दिउँसो १ बजेका लागि बोलाइएको थियो।

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठक बस्ने दिन र समय परिवर्तन गरेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।

आजका लागि तोकिएको बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले शुक्रबार बिहान ११ बजेका लागि सारिएको प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले जानकारी दिए। 

भदौ ३०, २०७९ बिहीबार १२:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।