च्याम्पियन्स लिगमा रोनाल्डोले बनाएको कीर्तिमान मेस्सीले तोडे

एजेन्सी: यूईएफए च्याम्पियन्स लिगमा क्रिस्टियानो रोनाल्डोले बनाएको कीर्तिमान लियोनल मेस्सीले तोडेका छन्। फ्रेन्च क्लब पीएसजीका खेलाडी मेस्सीले गए राति सम्पन्न मकावी हाइफाविरुद्धको खेलमा कीर्तिमान बनाएका हुन्।
खेल पीएसजीले ३-१ ले जित्यो। मेस्सीले एक गोल गरे। योसँगै च्याम्पियन्स लिगमा मेस्सीले ३९ फरक-फरक क्लबविरुद्ध गोल गरे।
यसअघि च्याम्पियन्स लिगमा ३८ फरक-फरक क्लबविरुद्ध गोल गर्दै रोनाल्डोले बनाएको कीर्तिमान मेस्सीले आफ्नो नाममा पारे।
योसँगै मेस्सीले च्याम्पियन्स लिगमा १९ वटा राष्ट्रका क्लबविरुद्ध गोल गरेका छन् भने सन् २००५-००६ यताका लगातार १८ सिजनमा गोल गर्ने अर्को कीर्तिमान पनि बनाएका छन्।
भदौ ३०, २०७९ बिहीबार १२:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।