पहिरो खसेर मकवानपुरको सिस्नेरी सडकखण्ड अवरुद्ध

पहिरो खसेर मकवानपुरको सिस्नेरी सडकखण्ड अवरुद्ध

काठमाडौं: वर्षाका कारण आएको पहिराले गर्दा मकवानपुरका सिस्नेरी सडकखण्डमा आज बिहानैदेखि यातायात अवरुद्ध भएको छ। जिल्लाको इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेमा खसेको पहिराका कारण उक्त सडकखण्डमा यातायात अवरुद्ध भएको ईलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ।

उक्त पहिरो स्थानीय सरकारको समन्वयमा सडक विभागका प्राविधिकले हटाउने प्रयास भइरहेको र अपराह्नसम्ममा यातायात सञ्चालनमा ल्याउने ईलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा कार्कीले जानकारी दिइन्।

पहिरोका कारण हेटौंडा–भीमफेदी हुँदै काठमाडौं जाने सवारी वैकल्पिक सडक प्रयोग गरेर चलिरहेका छन्। बर्खायाम लागेसँगै विभिन्न स्थानमा पहिरोका कारण यातायात अवरुद्ध हुने गरेको छ।

यस्तै, काठमाडौं जोड्ने पूर्वपश्चिम राजमार्ग, त्रिभुवन राजपथ, कान्ति राजपथ, कुलेखानी सडकखण्डमा भने यातायात सञ्चालन भइहरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

भदौ ३०, २०७९ बिहीबार १०:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।