लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशमा आज चट्याङसहित भीषण वर्षा हुने

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले आज लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू-भागमा सरदर स्थानमा र पूर्वी भू-भागमा सरदर स्थानभन्दा उत्तरमा अवस्थित रहेको छ।
यतिबेला गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङसहित भीषण वर्षाको पनि सम्भावना रहेको छ।
आज राति देशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी र गण्डकी प्रदेशका थोरै र प्रदेश १, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङसहित भीषण वर्षाको सम्भावना छ।
भदौ ३०, २०७९ बिहीबार ०७:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।