समूह चरणमा हराएको भारतसँग फाइनमा हार्यो नेपालको युवा टोली

काठमाडौँ : समूह चरणमा ३-१ गोल अन्तरले हराएको भारतसँग फाइनलमा हार्दै नेपाल यू-१७ पुरुष साफ च्याम्पियनसिपको उपविजेता भएको छ।
श्रीलङ्कामा भइरहेको च्याम्पियनसिपको फाइनलमा रातो कार्ड पाएर एक खेलाडी गुमाएको नेपाल भारतसँग ४-० गोल अन्तरले पराजित भयो। नेपालले एक गोल पनि फर्काउन सकेन।
नेपालले पहिलो हाफमै रातो कार्ड खायो। खेलको ३८ औँ मिनेटमा श्रीलङ्काका खेलाडीलाई लडाएपछि नेपालका प्रशान्त लक्समले रातो कार्ड पाए।
एक खेलाडी गुमाएर दबाबमा आएको नेपाल पहिलो हाफमै २-० गोल अन्तरले पछि परेको थियो। दोस्रो हाफमा गोल फर्काउनुको साटो नेपालले थप दुई गोल खाएर उपविजेता भयो।
भारतलाई च्याम्पियन बनाउन बोबी सिंह, भान्लाल्पेका गुइटे, कोरोउ सिंह र अमनले एक एक गोल गरेका थिए। खेलको १८ औं मिनेटमा बोबीले गोल गरेर भारतको खाता खोलेका थिए। ३० औं मिनेटमा भारतका कोरोउ सिंहले नै गोल गरेर २-० को अग्रता दिलाए।
भारतका ड्यानीलाई फउल गरेपछि नेपालका कप्तान प्रशान्त लक्समले रातो कार्ड पाएर ३९ औं मिनेटमा नेपाल १० खेलाडीमा समेटियो। खेलको ६३ औं मिनेटमा भारतका कप्तान गुइटेले गोल गर्दै भारतलाई ३-० को अग्रता दिलाए। खेलको इन्जुरी समयमा पुन भारतका अमनले गोल गर्दै स्कोर ४-० मा पुर्याएर लगातार दोस्रो पटक उपाधि जित्यो।
भदौ २९, २०७९ बुधबार २२:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।