प्रेमसिंह धामी अतिथि गृह सञ्चालनमा, निःशुल्क आवास र खाना

प्रेमसिंह धामी अतिथि गृह सञ्चालनमा, निःशुल्क आवास र खाना

काठमाडौँ : प्रेमसिंह धामी स्मृति प्रतिष्ठानले निःशुल्क अतिथि गृह सञ्चालनमा ल्याएको छ। धामीको धामीको ७० औँ जन्म जयन्ती पारेर प्रतिष्ठानले महाकाली नगरपालिका वडा नम्बर ५ मा प्रतिष्ठानको भवनमा निःशुल्क अतिथि गृह सञ्चालन ल्याएको हो।

गृहमा सबैलाई निःशुल्क आवास सुविधा दिइने प्रतिष्ठान दार्चुला अध्यक्ष किसनसिह धामीले बताए। दैनिक १० जनासम्म आवासको सुविधा दिन सक्ने गरी सेवा सञ्चालनमा ल्याएको धामीले बताए।

आफै खाना पकाएर खानेका लागि प्रतिष्ठान भवनमै निःशुल्क भोजनको समेत व्यवस्था गरिएको उनले बताए। धामीको २०५४ भाद्र २७ मा गाडी दुर्घटनामा नुवाकोटको साबिकको मदनपुर गाविस ३ क्युरिनी भिरमा निधन भएको थियो।

धामी २०४९ मा तत्कालीन नेकपा मालेको केन्द्रीय सदस्य र राष्ट्रिय सभा सदस्य भएका थिए। २०४९ देखि पार्टीको महाकाली इन्चार्ज र तत्कालीन मालेको केन्द्रीय कमिटी सदस्य भएका उनी २०५१ मा प्रतिनिधिसभाको मध्यावधि चुनावबाट सांसद भएका थिए। उनी मनमोहन अधिकारीको नेतृत्वमा गठन भएको ९ महिने सरकारमा आवास तथा भौतिक योजना राज्य मन्त्री भएका थिए।

भदौ २९, २०७९ बुधबार २०:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।