स्वास्थ्यमा समस्या देखिएपछि डा केसी अस्पताल भर्ना

काठमाडौँ : ६ बुँदे मागसहित धनगढी कृष्ण मन्दिरको धर्मशालामा अनसनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य बिग्रिएपछि उनलाई अस्पताल भर्ना गरिएको छ।
अनशनको तेस्रो दिनदेखि उनमा टाउको दुख्ने, मांसपेशी दुख्नेजस्ता समस्या देखिएको थियो। त्यसपछि उनलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ।
उनको मांसपेशी दुख्ने, शरीरका अङ्ग बाउँडिने, बोल्न गाह्रो हुने लगायतका लक्षणसँगै सुगरको लेभल समेत घटेपछि अस्पताल भर्ना गरिएको हो।
भदौ २९, २०७९ बुधबार १९:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।