चोलेन्द्रले बयानमा बोलेका केही शब्द हटाउन शम्भु थापाको माग

चोलेन्द्रले बयानमा बोलेका केही शब्द हटाउन शम्भु थापाको माग

काठमाडौँ : वरिष्ठ अधिवक्ता शम्भु थापाले महाअभियोग सिफारिस समितिमा बयानकाक्रममा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले न्यायाधीश र वकिलप्रति प्रयोग गरेको शब्द हटाउन आग्रह गरेका छन्।

पूर्व न्यायाधीश समाजले बुधवार गरेको कार्यक्रममा उनले पूर्व न्यायाधीश समाज र त्यसका पदाधिकारीमाथि प्रयोग गरेको शब्दप्रति खेद व्यक्त गर्दै समितिले ती शब्दहरू हटाउने निर्णय गर्न उनले आग्रह गरे।

उनले राणाले बयानमा जस्ता तुच्छ शब्द प्रयोग गरे त्यसले उनको हैसियत देखिएको बताए। थापाले महाअभियोग मुद्दा भएकाले यसको फैसला हुनुपर्नेमा समेत जोड दिए। 

भदौ २९, २०७९ बुधबार १९:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।