राणाले आरोप लगाएका न्यायाधीश र अधिवक्तालाई बोलाइने, नेताहरूलाई भने छुट (को–को बोलाइँदैछ ?)

काठमाडौंः महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बयानका क्रममा आरोप लगाएका सबैलाई बोलाउने भएको छ।
समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले राणाले नाम लिएका बहालवाला कामु प्रधानन्याायधीश, न्यायाधीशलगायतलाई बोलाउने निर्णय गरेको हो।
राणाले नाम लिएका न्यायाधीश, पूर्वन्यायाधीश, नेपाल बार, सर्वोच्च बार, वरिष्ठ अधिवक्ता र अधिवक्ताहरू सबैलाई पत्राचार गर्ने निर्णय बैठकले गरेको समिति सदस्य मीन विश्वकर्माले जानकारी दिए।
तर, राजनीतिक दलका नेताहरूलाई भने सोधपुछका लागि नबोलाउने समितिका उनले बताए। यसको कारणबारे भने उनले बोलेनन्।
महाभियोग सिफारिस समितिको बैठक भोलि बस्नेछ।
बयानका क्रममा राणाले कायममुकायम प्रधानन्यायाधीश दीपक कार्की, न्यायाधीशहरू हरिकृष्ण कार्की, प्रतिनिधिसभाको दोस्रो विघटनविरुद्धको मुद्दाको सुनुवाइका लागि गठित संवैधानिक इजलासमा रहेका न्यायाधीशहरू मीरा खड्का, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराईको नाम लिएका थिए।
त्यस्तै, न्यायाधीश प्रकाशमानसिंह राउत, नेपाल बार एसोसिएसनका तत्कालीन अध्यक्ष चण्डेश्वर श्रेष्ठ, महासचिव लिलामणि पौडेल, वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, रमण श्रेष्ठ, हरिहर दाहाल, अधिवक्ता ओमप्रकाश अर्याललगायतकाे नाम जबराले लिएका थिए।
भदौ २९, २०७९ बुधबार १३:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।