वीरगञ्जमा एम्बुलेन्सको ठक्करबाट वृद्धको मृत्यु, एक जना घाइते

वीरगञ्जमा एम्बुलेन्सको ठक्करबाट वृद्धको मृत्यु, एक जना घाइते
सांकेतिक तस्बिर

पर्साः वीरगञ्जमा एम्लुलेन्सको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।

वीरगञ्ज महानगरपालिका–२५ अलौस्थित सडकमा प्र २–०३–०१२ प ५६०९ नम्बरको मोटरसाइकललाई बा २ झ ४०१० नम्बरको एम्बुलेन्सले मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार सखुवाप्रसौनी गाउँपालिका–४ बस्ने ७० वर्षीय फजिल देवानको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको एनएस न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ।

एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

भदौ २९, २०७९ बुधबार १३:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।