ट्रकको ठक्करले एक जनाको मृत्यु भएपछि आक्रोशित स्थानीयले जलाए गाडी, गल्छी–त्रिशुली सडक अवरुद्ध

नुवाकोटः जिल्लाको गल्छी–त्रिशुली सडक खण्डमा ट्रकले ठक्कर दिँदा एक स्थानीयको मृत्यु भएको छ।
बेलकोटगढी नगरपालिका–७ महादेवफाँटमा गल्छीतर्फ जाँदै गरेको बा ३ ख १६४ नम्बरको ट्रकले ठक्करबाट सोही ठाउँ बस्ने ५० वर्षीय वीरेन्द्र कुँवरको मंगलबार राति मृत्यु भएको छ।
सडक छेउमा बा २० च ९४४२ नम्बरको कार रोकेर चालक कुवँर बाहिर निस्किएको अवस्थामा गाडीले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो।
साथै, गाडीको ठक्करबाट घाइते भएका कारमा सवार १ जनालाई उपचारको लागि बिएण्डबी अस्पताल, ललितपुर रिफर गरिएको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सोही विषयलाई लिएर स्थानीयले गल्छी–त्रिशुली सडकखण्ड अवरोध गरेका छन्। साथै उनीहरूले ठक्कर दिने गाडीमा आगजनी गर्दा गाडी पूर्णरूपमा क्षति भएको छ।
भदौ २९, २०७९ बुधबार १२:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।