दशैंका लागि साट्न थालियो नयाँ नोट, काठमाडाैं बाहिर असाेज २ गतेबाट

दशैंका लागि साट्न थालियो नयाँ नोट, काठमाडाैं बाहिर असाेज २ गतेबाट

काठमाडौंः दशैंका लागि बुधबारदेखि नयाँ नोट साट्न थालिएको छ।

नेपाल राष्ट्र बैंकले बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालयबाट बुधबारदेखि नयाँ नोट साट्न थालेको हो।

एक व्यक्तिले १८ हजार ५ सय रूपैयाँसम्मका नोट साट्न पाउनेछन्। जसमा ५, १०, २०, ५० र १०० दरका एक पेटी नयाँ नोट हुनेछन्।

अन्य बैंक तथा वित्तीय संस्था तथा काठमाडौं उपत्यका बाहिर भने असोज २ गतेबाट नोटको सहटी हुने राष्ट्र बैंकले जनाएको छ।

भदौ २९, २०७९ बुधबार १२:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।