सात सयले घट्यो सुनको मूल्य, चाँदीमा १० रूपैयाँ सस्तियो

सात सयले घट्यो सुनको मूल्य, चाँदीमा १० रूपैयाँ सस्तियो

काठमाडौंः साताको चौथो दिन सुनको मूल्य ७ सय रूपैयाँले घटेको छ।

बुधबार छापावाल सुनको मूल्य ७ सयले घटेर तोलको ९२ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार तेजावी सुनको मूल्य पनि ७ सय घटेर ९२ हजार ३ सय रूपैयाँ प्रतितोला कारोबार भइरहेको छ।

यस्तै, चाँदीको मूल्यमा पनि प्रतितोला १० रूपैयाँले गिरावट आएको छ। बुधबार चाँदी १ हजार १ सय ७५ रूपैयाँ तोलामा कारोबार हुनेछ।

भदौ २९, २०७९ बुधबार १०:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।