अशोक लेल्याण्डको चाडपर्व अफर : गाडी किन्दा छानी–छानी उपहार

काठमाडौंः आइएमई मोटर्सले दशैं तिहारलाई लक्षित गरी अशोक लेल्याण्डका गाडी खरिदमा उपहार अफर सार्वजनिक गरेको छ।
अफर अन्तर्गत साना दोस्त गाडीको खरिदमा ल्यापटप, सुन, मोबाइल फोन वा दुई जनालाई थाइल्याण्ड टुरको व्यवस्था गरेको छ।
आइसिभी, ट्रक, टिप्पर, आइभिसी बसको खरिदमा राफ्ट जिस्पा इलेक्ट्रिक स्कुटर अथवा सुन अथवा दुई जनालाई सिङ्गापुर टुर पाउनेछन्।
यस्तै, एम एण्ड एचसीभी, ट्रक, टिप्पर, एमडीभी बस खरिदमा राफ्ट जिस्पा इलेक्ट्रिक स्कुटर अथवा सुन अथवा एक जानलाई यूरोप टुरमध्ये एक छानेर लिन सक्नेछन्।
उपहार सहित ३० प्रतिशत डाउनपेमेन्ट गरेर बाँकी ७० प्रतिशत रकमलाई सरल किस्ताबन्दीमा भुक्तानी गर्नेगरी ग्राहकले कुनै पनि सवारीसाधन खरिद गर्न सक्नेछन्।
भदौ २९, २०७९ बुधबार १०:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।