पाल्पामा दुई मोटरसाइकल ठोक्किँदा तीन जना घाइते, दुईको अवस्था गम्भीर

पाल्पाः जिल्लाको रामपुर नगरपालिका–८ गैरीखेतमा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा तीन जना घाइते भएका छन्।
कालिगण्डकी करिडोर सडकमा बिजयपुरबाट भुजाततर्फ जाँदै गरेको लु २९ प ३८२७ र विपरीत दिशाबाट आउँदै गरेको लु २१ प ५९२८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन्।
दुर्घटनामा ३८२७ नम्बरको मोटरसाइकल चालक पाल्पा रामपुर नगरपालिका–८ का ३४ वर्षीय यमबहादुर साठीघरे, पछाडि सवार रामपुर–१० का २९ वर्षीय जयबहादुर परियार र ५९२८ नम्बरको मोटरसाइकल चालक रामपुर ५ का २१ वर्षीय विष्णु माझी घाइते भएका हुन्।
घाइतेहरूको रामपुर अस्पतालमा उपचार भइरहेको छ। मंगलबार साँझ पौने ७ बजे भएको सवारी दुर्घटनामा घाइतेमध्ये विष्णु र जयको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय, रामपुरले जनाएको छ।
भदौ २९, २०७९ बुधबार १०:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।