सभामुखले सारे प्रतिनिधि सभा बैठक

सभामुखले सारे प्रतिनिधि सभा बैठक

काठमाडौंः सभामुख अग्निप्रसाद सापकाेटाेले बुधबार ११ बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक १ बजे सारेका छन्।

प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले सूचना टाँसेर विहान ११ बजे बस्ने भनिएको बैठक विशेष कारणले बस्न नसक्ने भएकाले दिउँसो १ बजेलाई सारिएको जानकारी दिए।

बुधबारको प्रतिनिधि सभा बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ।

यस्तै, आजकै प्रतिनिधि सभा बैठकमा कारागार विधेयक, २०७८ माथि राष्ट्रिय सभाबाट भएको संशोधन प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

भदौ २९, २०७९ बुधबार ०९:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।