यी तीन प्रदेशमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौंः देशका तीन प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने सम्भावना रहेको छ।
बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित भारी वर्षाको पनि संभावना रहेको जल तथामा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार देशभर आंशिक देखि सामान्य बदली रही देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।
अहिले भने मनसुनको न्यून चापीय रेखा पश्चिमी भू–भागमा सरदर स्थान भन्दा दक्षिणमा र पूर्वी भू–भागमा सरदर स्थान भन्दा उत्तरमा रहेकाले देशभर आंशिक देखि सामान्य बदली रहेको छ।
अहिले गण्डकी, लुम्बिनी र सुदुरपश्चिम, गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षा भइरहेको छ।
बुधबार राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।
गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित भारी वर्षाको पनि संभावना रहेको महाशाखाले जनाएको छ।
भदौ २९, २०७९ बुधबार ०८:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।