यी २८ जिल्लाका भूमिहीन र अव्यवस्थित बसाेबासीलाई जग्गा बाँड्दै सरकार, ३५ दिनभित्र निवेदन दिन आह्वान

यी २८ जिल्लाका भूमिहीन र अव्यवस्थित बसाेबासीलाई जग्गा बाँड्दै सरकार, ३५ दिनभित्र निवेदन दिन आह्वान

काठमाडौंः सरकारले २८ जिल्लाका भूमिहीनलाई जग्गा प्राप्तिका लागि निवेदन दिन आह्वान गरेको छ।

बुधबार सार्वजनिक सूचना निकालेर राष्ट्रिय भूमि आयोगले २८ जिल्लाका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निवदेन दिन आह्वान गरेको हो।

सूचनामा भनिएको छ, ‘भूमिहीन दलित, भूमिहीन सकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा पाउनका लागि आयोगले तोकेको ढाँचामा निवेदन भरी ३५ दिनभित्र स्थानीय तहबाट वडाका तोकिएका स्थानहरूमा खटिएका लगत संकलकमार्फत पेश गर्न सूचना प्रकाशित गरिएको छ।’

यस्तो निवेदन प्रदेश १ का सोलुखुम्बु र तेह्रथुम, मधेश प्रदेशका सप्तरी, धनुषा, महोत्तरी र रौतहट, बागमती प्रदेशका रामेछाप, काठमाडौं, भक्तपुर र सिन्धुपाल्चोक, गण्डकी प्रदेशका नवलपरासी पूर्व, स्याङ्जा र मुस्ताङवासीले दिन पाउनेछन्।

यस्तै, लुम्बिनी प्रदेशका बर्दिया, रुकुम पूर्व, रोप्ला र नवलपरासी पश्चिम, कर्णाली प्रदेशका रुकुम पश्चिम, कालीकोट, मुगु, सल्यान, डोल्पा, हुम्ला र दैलेख तथा सुदूरपश्चिम प्रदेशका अछाम, बैतडी र डडेल्धुरामा रहेका लक्षित समुदायले निवेदन दिन पाउनेछन्।

भदौ २९, २०७९ बुधबार ०८:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।