साफ यु–१७ को फाइनल आज, नेपालले भारतको सामना गर्ने

साफ यु–१७ को फाइनल आज, नेपालले भारतको सामना गर्ने

काठमाडौं : १७ वर्षमुनिको साफ च्यम्पियनसिपको उपाधिका लागि नेपालले बुधबार भारतसँग प्रतिस्पर्धा गर्दैछ।

श्रीलंकाको कोलम्बो रेस कोर्स मैदानमा राति सवा ८ बजे शुरु हुने फाइनल खेलमा नेपालले बलियो टोली भारतको सामना गर्न लागेकाे हाे।

बंगलादेशलाई २–१ ले हराएर भारतले फाइनल प्रवेश गर्दा नेपालले आयोजक श्रीलंकालाई ६–० ले हराएर फाइनल प्रवेश गरेकाे थियाे।

यसैबीच, नेपाली टीमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले भारतविरुद्धको फाइनल खेल कठिन हुने बताएका छन्। मंगलबार भएकाे प्रि–म्याच कन्फरेन्समा उनले भारतले बंगलादेशविरुद्ध उत्कृष्ट खेलेको र नेपालले पनि उत्कृष्ट नै खेलेको भए पनि फाइनल खेल कठिन हुने बताए।

नेपालले समूह चरणमा भारतलाई ३–१ गोल अन्तरले हराएको थियो।

भदौ २९, २०७९ बुधबार ०७:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।