सशस्त्र आइजिपी देश बाहिर भएको बेला सरकारले थप्यो एआइजी दरबन्दी

सशस्त्र आइजिपी देश बाहिर भएको बेला सरकारले थप्यो एआइजी दरबन्दी

काठमाडौँ : सशस्त्र प्रहरी प्रमुख राजु अर्याल संयुक्त राष्ट्रसंघिय कार्यक्रममा भाग लिन विदेश गएको बेला सरकारले सङ्गठनमा एआइजीको दरबन्दी थपेको छ।

साधरणतया सङ्गठन प्रमुख नभएको अवस्थामा सङ्गठनलाई दूरगामी असर पर्ने निर्णय नहुने गरे पनि सरकारले भदौ २१ एकाएक एआइजीको थप एक दरबन्दी थप्ने निर्णय गरेको हो।

दरबन्दी बढाउन मन्त्रिपरिषद्ले कार्य तथा सीमा सुरक्षा विभागलाई फुटाए अलग-अलग बनाएको छ।

सशस्त्र प्रहरी महानिरीक्षक अर्याल र नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह अमेरिका गएको बेला भदौ २१ मा मन्त्रीपरिषद्बाट दरबन्दी बढाइएको हो। एक दरबन्दी थपिएसँगै अब सङ्गठनमा एआइजी सङ्ख्या तीन पुगेको छ।

 

 

भदौ २८, २०७९ मंगलबार २२:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।