साफ महिला च्याम्पियनसिपको इतिहासमा भारतको पहिलो हार, बंगालादेश ३–० ले विजयी

साफ महिला च्याम्पियनसिपको इतिहासमा भारतको पहिलो हार, बंगालादेश ३–० ले विजयी

काठमाडौंः साफ महिला च्याम्पियनसिपको इतिहासमा पहिलो पटक भारतले हार व्यहोरेको छ।

मंगलबार दशरथ रंगशालामा भएको समूह चरणको अन्तिम खेलमा बंगलादेशले ३–० गोलले पराजित गरेसँगै भारतले महिला साफको इतिहासमै पहिलो हार व्यहोरेको हो।

भारतलाई हराउन बंगलादेशकी मोसाम्मत सिरात जाहन सोप्नाले दुई गोल गर्दा श्रीमोती सरकारले एक गोल थपिन्।

खेलको १२औं मिनेटमा सोप्नाले गोल गर्दै बंगलादेशलाई सुरुवाती अग्रता दिलाइन्।

श्रीमोतीले २२औं मिनेटमा गोल गर्दै बंगलादेश २–० ले अघि रह्यो। ५३ औं मिनेटमा सोप्नाले व्यक्तिगत दोस्रो गोल गर्दै बंगलादेशलाई ३–० को जित दिलाइन्।

जितसँगै बंगलादेश समूह ‘ए’ को विजेता हुँदै सेमिफाइनल प्रवेश गरेको छ। भारत पनि उपविजेता हुँदै सेमिफाइनल प्रवेश गरेको छ।
योसँगै अब आगामी शुक्रबार हुने खेलमा समूह ‘बी’को विजेता रहेको नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ।

भदौ २८, २०७९ मंगलबार १९:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।