एनसेलको दशैं अफर, २ सयकाे रिचार्जमा ४० रूपैयाँ बोनस

एनसेलको दशैं अफर, २ सयकाे रिचार्जमा ४० रूपैयाँ बोनस

काठमाडौंः निजी क्षेत्रको दूरसञ्चार प्रदायक एनसेलले दशैंको अवसरमा रिचार्जमा बोनस योजना ल्याएको छ।

योजना अन्तर्गत ग्राहकले हरेक दिन १ सय रूपैयाँ वा सोभन्दा बढीको रिचार्जमा अधिकतम ४० रूपैयाँसम्म बोनस ब्यालेन्स पाउन सक्नेछन्।

भदौ २८ गतेदेखि सञ्चालनमा आएको योजनाअनुसार १ सय रूपैयाँ रिचार्ज गर्दा १ दिन मान्य रहने १० रूपैयाँ बोनस पाउनेछन्।

एक दिनमा १ सय ५० रूपैयाँ रिचार्ज गर्दा २० रूपैयाँ, २ सय रूपैयाँभन्दा बढीको रिचार्जमा ४० रूपैयाँ बोनस पाउनेछन्। यो बोनस रकम सात दिनका लागि मान्य हुने कम्पनीले जनाएको छ।

भदौ २८, २०७९ मंगलबार १८:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।