एससिटीको दशैं थ्रीडी अफर : तेत्तिस प्रतिशतसम्म छुट

काठमाडौंः दशैंलाई लक्षित गरि स्मार्टचोइस टेक्नोलोजिज लिमिटेड (एससिटी)ले ‘दमदार दशैं धमाका थ्रीडी’ अफर सार्वजनिक गरेको छ।
अफर अन्तर्गत एससिटी–यूपीआई डेबिट कार्ड प्रयोगकर्ताले कुनै पनि खरिदमा पोस मार्फत विद्युतीय कारोबार गर्दा ३३.३३ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन्।
साथै एससिटी–यूपीआई डेबिट कार्ड मार्फत एटीएममा क्यास कारोबार गर्दै आएका ग्राहकले पनि यो अफर मार्फत १ हजार २ सय रूपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन्।
१ हजार ५ सय बराबरको पोस कारोबारमा ५ सय र ३ हजारको कारोबारमा १ हजार रूपैयाँको क्यासब्याक प्राप्त गर्न सकिने अफरमार्फत एससिटी–यूपीआई डेबिट कार्ड प्रयोगकर्ता ले ३३.३३ प्रतिशतसम्मको क्यासब्याक पाउन सक्नेछन्।
अफर असोज महिनाभर लागू हुनेछ।
भदौ २८, २०७९ मंगलबार १८:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।