फोर्डका रेन्जर २०२२ का तीन मोडल नेपाली बजारमा, कति पर्छ मूल्य ?

फोर्डका रेन्जर २०२२ का तीन मोडल नेपाली बजारमा, कति पर्छ मूल्य ?

काठमाडौंः फोर्ड नेपालले नेक्स्ट जेन फोर्ड रेन्जरका तीनवटा मोडलका गाडी नेपाली बजारमा भित्र्याएको छ।

कम्पनीले कच्ची सडकमा पिकअप क्षमता, तौलयुक्त ढुवानी क्षमता, दरिलो बनावट ईन्धन किफायती ईन्जिन भएको दाबी गर्दै तीनवटा पिकअप गाडी ल्याएको हो।

६–स्पीड र १०–स्पीड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध भएकाले नेक्स्ट–जेन रेन्जरले भारी सामान राखेर चलाउँदासमेत उत्कृष्ट ड्राईभिङ्गको अनुभव दिने कम्पनीको दाबी छ।

यसमा रहेको ईलेक्ट्रिक पार्किङ्ग ब्रेकले अफ–रोड ड्राईभमा गाडी हाक्न थप सजिलो हुने कम्पनीको विश्वास छ। रेन्जरमा रहेको यो फिचर मध्यम पिकअपहरू मध्ये यसमा मात्र रहेको छ।

यस्तै, गाडीमा नर्मल ईको, टो÷हौल र स्लिपरी, मड÷रुट्स र स्यान्ड गरी चार अन रोड र दुई अफ–रोड मोडहरू छन्। डिस्प्लेमा नयाँ सुविधान थप गरिएकोको गाडीले ७ किलोमिटर प्रति घन्टाको गतिमा ८०० एमएम सम्मको वाटर वेडिंङको क्षमता प्रदान गर्छ।

त्यसैगरी, गाडीमा भएको अन्डरबडी प्रोटेक्सनले गाडीलाई अफ रोडमा चलाउँदा सुरक्षित गर्न मद्दत गर्छ। ग्राहकहरूको छनोट तथा मूल्यको आधारमा प्लास्टिक अन्डरबडी प्रोटेक्सन शील्ड पनि उपलब्ध छ।

नेपालमा २०२२ नेक्स्ट–जेन फोर्ड रेन्जरको ‘एक्सएल’ मोडेलका १ करोड पाँच लाख ९० हजार, ‘एक्सएलटी’का १ करोड १९ लाख ९० हजार र वाइल्डट्र्याकको मूल्य १ करोड ४५ लाख ९० हजार रूपैयाँ तोकिएको छ।

भदौ २८, २०७९ मंगलबार १७:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।