निःशुल्क एप प्रयोगका लागि एनसेल र आइएमई पेबीच सम्झौता

काठमाडौंः दूरसञ्चार सेवा प्रदायक एनसेल र रकम भुक्तानी सेवा प्रदायक आइएमई पेबीच निःशुल्क डाटासम्बन्धी सम्झौता भएको छ।
सम्झौता अनुसार आइएमई पे एप प्रयोगकर्ताले अब एनसेलको डाटाबाट जुनसुकै बेला र जहाँसुकै निःशुल्क एप प्रयोग गर्न सक्नेछन्।
आइएमई पेले आफ्ना ग्राहकलाई डिजिटल भुक्तानीमा अभ्यस्त गराउने उद्देश्यले यो आकर्षक योजना ल्याएको हो।
भदौ २८, २०७९ मंगलबार १७:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।