राष्ट्रपति भण्डारीद्वारा पाँच विधेयक प्रमाणीकरण

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले ५ वटा विधेयक प्रमाणीकरण गरेकी छन्।
संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश भएका तथ्याङ्क सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, तथ्याङ्क सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेकी हुन्।
यस्तै, उनले प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सार्वजनिक पदधारण गर्ने व्यक्तिको शपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र योगमाया आयुर्वेद विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि प्रमाणीकरण गरेकी छन्।
नागरिकता संशोधन विधेयक भने राष्ट्रपतिकोमा पुगे पनि प्रमणीकरण भएको छैन। उनले यसअघि आफ्नो सन्देशसहित नागरिकता विधेयक फिर्ता पठाइदिएकी थिइन्। तर, संसदले जस्ताको तस्तै विधेयक प्रमाणीकरणका लािग राष्ट्रपतिकहाँ पठाएको छ।
भदौ २८, २०७९ मंगलबार १६:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।