साफ महिला च्याम्पियनसिप : पाकिस्तानलाई ७–०को सान्त्वना जित

साफ महिला च्याम्पियनसिप : पाकिस्तानलाई ७–०को सान्त्वना जित

काठमाडौंः छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा पाकिस्तानले ७–० को सान्त्वना जित निकालेको छ।

दशरथ रङ्गशालामा मंगलबार भएको समूह चरणको अन्तिम खेलमा पाकिस्तानले माल्दिभ्सलाई ७–० ले पराजित गर्दै सान्त्वना जित निकालेको हो।

उसको जितमा नदीया खान एक्लैले चार गोल गर्दा रमिन फारिद, खाडिजा काज्मी र अनमोल हिराले एक–एक गोल थपे।

समूह ‘ए’मा रहेका पाकिस्तान र माल्दिभ्स यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेका छन् भने भारत र बङ्गलादेश सेमिफाइनमा पुगेका छन्।

पाकिस्तान यसअघिका खेलमा भारत र बङ्गलादेशसँग पराजित भइसकेको थियो।

भारत र बङ्गलादेशबीच आजै बेलुका साढे ५ बजे खेल हुँदैछ। यो खेलले समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ।

समूह‘बी’ बाट नेपाल र भुटान सेमिफाइनलमा पुगिसकेका छन्।

भदौ २८, २०७९ मंगलबार १६:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।