भदौ मसान्तभित्र महाभियोग सिफारिस समितिको काम सक्ने तयारी

काठमाडौंः निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि लगाइएको महाभियोग सिफारिस समितिले भदौ मसान्तसम्म टुङ्ग्याउने भएको छ।
मंगलबारको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै समिति सदस्य एवं कांग्रेस सांसद मीन विश्वकर्माले वयानको क्रम सकिएको र प्रतिप्रश्नहरू केही बाँकी रहेको बताउँदै समितिले भदौ मसान्तसम्म आफ्नो काम सक्ने बताए।
‘भदौ मसान्तसम्म हामीले समितिको काम सम्पन्न गर्छौं,’ उनले भने, ‘ढिलोमा असोज १ गते पुग्नसक्छ।’
समितिले प्रतिवेदन तयार पारेर संसदमा बुझएपछि त्यहाँ महाभियोगमा मतदानको कार्य प्रारम्भ हुनेछ। जसले राणाको भविष्य तय गर्नेछ।
सांसद विश्वकर्माले संसदको कार्यकाल सकिए पनि महाभियोग प्रस्ताव जीवितै रहने दाबी गरे। उनले निर्वाचन आयोगले संसदको आयू तोक्न नमिल्ने बताउँदै संसदको कानून बनाउने, अदालतले व्याख्या गर्ने र अन्य निकायले कार्यान्वयन गर्नुपर्ने बताए।
सिफारिस समितिको बैठक बुधबार विहान साढे ९ बजे सिंहदरबारमा बस्नेछ।
भदौ २८, २०७९ मंगलबार १५:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।