नेप्सेमा २१ अंकको सुधार, काराेबार अझै १ अर्ब तल

नेप्सेमा २१ अंकको सुधार, काराेबार अझै १ अर्ब तल

काठमाडौंः लगातार घटिरहेको शेयर बजारमा मंगलबार २१ अंकको सुधार आएको छ।

नेप्से परिसूचक २१.३० अंकले बढेर १९३४.०४ विन्दुमा पुग्दा सेन्सेटिभ परिसूचक ३.८३ अंकले बढेर ३७६.१७ विन्दुमा पुगेको छ।

बजार बढ्दा कारोबार रकममा पनि सोमबार तुलनामा सुधार आएको छ। सोमबार ८३ करोडको कारोबार भएको नेप्सेमा मंगलबार ९२ करोड २५ लाखको कारोबार भयो।

उपसूचक समूहतर्फ सबैमा हरियाली छाएको छ। सबैभन्दा बढी फाइनान्स समूह २.१३ प्रतिशतले बढ्दा सबैभन्दा कम निर्जीवन बीमा ०.७५ प्रतिशतले बढेको छ।

उत्पादन तथा प्रशोधन १.८७, विकास बैंक १.७५, लगानी १.५७, व्यापार १.५, लघुवित्त १.२४, होटल तथा पर्यटन १.१६, अन्य १.१५, जीवन बीमा १.०६ प्रतिशतले बढेका छन्।

यसदिन बोट्लर्स नेपालको शेयरमा १० प्रतिशतले बढ्दा कारोबारका हिसाबले सबैभन्दा बढी नबिल बैंकको ५ करोड ९४ लाखको भएको छ।

भदौ २८, २०७९ मंगलबार १५:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।