थप २ सय ३ जनामा कोरोना संक्रमण

थप २ सय ३ जनामा कोरोना संक्रमण

काठमाडौंः नेपालमा २ सय ३ जना कोरोना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा ५ हजार ५९ जनामा गरिएको परीक्षणमा २ सय ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सो अवधिमा १ सय २६ जना निको हुँदा ४ लाख २९ हजार ८ सय ७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। यो २७ र २८ गतेको विवरण भएको मन्त्रालयले जनाएको छ।

देशभर कोरोनाका संक्रिय संक्रमितको संख्या २ हजार २ सय ३२ पुगेको छ।

यस्तै, पछिल्लो २४ घण्टामा संक्रमणबाट कसैको पनि ज्यान गएको छैन।

भदौ २८, २०७९ मंगलबार १५:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।