राणाले नाम दिएकाहरूसँग बुधबार छलफल गरिने; प्रचण्ड, देउवा र उपाध्यायलाई के गर्ने?

काठमाडौंः निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाले बयानका क्रममा नाम लिएकाहरूसँग महाभियोग सिफारिस समितिले छलफल गर्ने भएको छ।
समितिले नेपाल बार एशोसियनका पूर्व पदाधिकारी, पूर्व न्यायाधीश बहालवाला न्यायाधीश लगायतलाई बोलाउने निर्णय समितिले गरेको सचिव लक्ष्मीप्रसाद गौतमले बताए।
‘समितिको बैठक जारी छ उहाँले नाम लिनुभएकाहरूसँग बयान लिने निर्णय समितिले गरेको छ,’ गौतमले भने।
यद्यपि, उनले राणाले नाम लिएका प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सांसद डीना उपाध्यायलाई बोलाउने विषयमा भने केही पनि बताएनन्।
राणाले बयानका क्रममा आफूलाई पदबाट राजीनामा दिए महाभियोग प्रस्ताव फिर्ता लिने प्रस्तावसमेत आएको खुलासा गरेका थिए। त्यस्तो प्रस्ताव लिएर सांसद डीना उपाध्याय आफूकहाँ भेट्न आएको बताएका थिए। उपाध्यायले प्रचण्ड र देउवासँग कुरा गरेर आएकोसमेत बताएको उनले खुलाइदिएका थिए।
राणाले नाम लिएकाहरूसँग बुधबार छलफल गरिने भएको छ।
भदौ २८, २०७९ मंगलबार १४:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।